गृहपृष्ठ कास्की कारागारका कैदीले लगाए भाइटीका
कास्की कारागारका कैदीले लगाए भाइटीका
कास्की कारागारका कैदीले पनि भाइटीका लगाएका छन् । विभिन्न कारणले जेलमा परेकाहरुलाई दिदीबहिनीले कारागारमै पुगेर भाइटीका लगाइदिएका हुन् ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिदीबहिनी तथा दाजुभाइले कारागारमै पुगेर नेपाली परम्पराअनुसार भाइटीका लगाइदिएको कारागारका सुरक्षा प्रमुख रुहिणी धितालले जानकारी दिए । उनका अनुसार कास्की कारागारमा हाल एक नाबालकसहित सात सय ३५ जना कैदीबन्दी छन्, जसमा ५३ जना महिला छन् ।
कास्की कारागारको क्षमता करिब ४ सयमात्र भए पनि दोब्बर कैदीलाई राख्दा कठिनाइ पर्ने गरेको प्रमुख हरिप्रसाद गौतमले बताए । उनका अनुसार २०२२ सालमा निर्माण भएको उक्त कारागार जीर्ण भइसकेको छ ।
प्रकाशित समय १७:५९ बजे

















