गृहपृष्ठ गुल्मीमा जिप दुर्घटना, पाँच घाइते
गुल्मीमा जिप दुर्घटना, पाँच घाइते
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो
गुल्मीको सदरमुकाम तम्घासबाट भाडगाउँतर्फ जाँदै गरेको बा. १० च ६१५२ नम्बरको जिप शुक्रबार बिहान रेसुंगा नगरपालिका¬–३, भाडगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा जिप मालिक र उनका परिवारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार विहान १० वजेतिर भाईटिका लगाउन भनि भाडगाउँ जाने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनामा जिप मालिक निर्मला केसी, उनका छोरा प्रवेश केसी, छोरी सन्ध्या केसी, मनिका घिमिरे र पुष्पा राना घाइते भएका हुन् । घाइते सबैलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट एक सय मिटरभन्दा तल खसेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित समय १७:४४ बजे

















