गृहपृष्ठ श्रीलंकामा राष्ट्रपति सिरिसेनाद्धारा संसद् भंग, राजनीतिक संकट थप चुलिँदै
श्रीलंकामा राष्ट्रपति सिरिसेनाद्धारा संसद् भंग, राजनीतिक संकट थप चुलिँदै
श्रीलंकामा राजनीतिक संकट थप गहिरिँदै गएको छ । प्रधानमन्त्रीलाई बर्खास्त गरेका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद्समेत भंग गरेका छन् ।
सिरिसेनाले प्रधानमन्त्रीलाई हटाउन नै संसद् भंग गरेका हुन् । संकट गहिरिँदै जाँदा सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन् । प्रधानमन्त्री बिक्रमसिंहेलाई पदबाट बर्खास्त गरि राष्ट्रपति पदका आफ्नै प्र्रतिद्वन्द्वि पूर्वराष्ट्रपति महिंन्दा राजापाक्षेलाई प्रधानमन्त्री तोकिएपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो ।
यूनाइटेड नेसनल पार्टीले राष्ट्रपतिको त्यो कदम नियम विपरित भएको भन्दै आलोचना गर्दै आएको छ । सिरिसेनाको कदम संसदले उल्टाइदिने भन्दै यूएनपीले बैठक बोलाउन आब्हान गरेको थियो । तर राष्ट्रपति सिरिसेनाले संसद नै भंग गरिदिएका छन् ।
उनले फेरि चुनाव गराउने आश्वासन बाडेका छन् । जनावरी १ मा निर्वाचन गराउने सिरिसेनाको योजना छ । शुक्रबार राति भंग भएपति त्यहाँको उच्च अदालतले संसद् प्रतिस्थापनको आदेश दिन भने सक्नेछ । यूएनपीले राष्ट्रपतिको गैरकानुनी कदम उच्च अदालतले उल्टाइदिने विश्वास गरेको छ ।
प्रकाशित समय ११:४६ बजे

















