गृहपृष्ठ कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

accident-newskarobar

कारको ठक्करबाट झापाको दमकमा एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ की ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु