गृहपृष्ठ बालिका बलात्कारपछि हत्याको अभियोगमा पाँच जना पक्राउ

बालिका बलात्कारपछि हत्याको अभियोगमा पाँच जना पक्राउ

pakrau-arrest-newskarobar

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशंकामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल र भित्रि बस्त्र च्यातिएको, मुखमा कपडा कोचेको र घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।

मृतक बालिकाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु