गृहपृष्ठ हुसेनको हत्यापछि स्थानीय आन्दोलित, दुहबी बजार ठप्प
हुसेनको हत्यापछि स्थानीय आन्दोलित, दुहबी बजार ठप्प
सुनसरीको दुहबीमा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । उनको बुधबार बिहान गोली हानी हत्या भएको थियो ।मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।
स्थानीयले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । यसअघि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको पनि हत्या भएको थियो ।
प्रकाशित समय १२:५२ बजे

















