गृहपृष्ठ टिपरको ठक्करबाट बालकोटमा एकको मृत्यु
टिपरको ठक्करबाट बालकोटमा एकको मृत्यु
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती टिपरले ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको छ ।
ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जनाएको छ । तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाइकललाई बालकोटको मेरिगोल्ड इंग्लिस स्कुल अगाडि ठक्कर दिएको थियो ।
स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट क्षेत्र केहीबेर तनाबग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले जानकारी दिए । घटनाका कारण कौशल्टार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए ।
टिपर चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:२८ बजे

















