गृहपृष्ठ छुरा प्रहार गरी हत्या गर्ने दुई जना पक्राउ
छुरा प्रहार गरी हत्या गर्ने दुई जना पक्राउ
काठमाडौंको तीनकुनेमा ‘ग्याङ फाइट’ मा छुरा प्रहार गरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । शनिबार दिउँसो तीनकुनेको गैरीगाउँमा छुरा प्रहार गर्ने काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
छुरा प्रहारबाट मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय ११:२५ बजे

















