गृहपृष्ठ कार्यविभाजन टुंगो लगाउन नेकपालाई सकस

कार्यविभाजन टुंगो लगाउन नेकपालाई सकस

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यहरुको कार्यविभाजनसम्बन्धी विषय पेचिलो बनेको छ । जनवर्गीय संगठनको एकतालाई लिएर शीर्ष नेताहरुबीचको मतभिन्नताले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यविभाजनबारे छलफल भए पनि केही निर्णय नभएको नेताहरुले बताएका छन् । ‘अब आइतबार थप गृहकार्य गर्ने र आइतबार सचिवालय बैठक बसेर केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसपछि जनवर्गीय संगठनको एकीकरणको प्रयास सुरु हुनेछ ।’

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुले अनौपचारिक छलफल गर्ने उनले बताए । जनवर्गीय संगठनको एकता प्रक्रिया अघि बढाउन नै केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने कसरत भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

पार्टी एकता भएको ७ महिना बितिसक्दा पनि ४४१ जना केन्द्रीय सदस्यहरु भूमिकाविहीन नै छन् । सोही कारण दुई दर्जन केन्द्रीय सदस्यले लिखित रुपमा विरोध जनाएका थिए ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु