गृहपृष्ठ पेटदेखि छातीसम्म जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु
पेटदेखि छातीसम्म जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।
तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन् ।
श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए । भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको उपचारमा संलग्न चिकित्सककले बताएका थिए ।
मुटु जोडिएको कारण शल्यक्रिया गर्न नसकेको डाक्टर शाहले जानकारी दिए ।(रासस)
प्रकाशित समय ०८:४७ बजे

















