गृहपृष्ठ अागलागीले झापामा एकै परिवारका चार जनाको मृत्यु

अागलागीले झापामा एकै परिवारका चार जनाको मृत्यु

fire-jhapa-newskarobar फाइल तस्विर

झापामा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र चार महिने छोरा टीकाराम खनालको जलेर मृत्यु भएको हो ।

उनिहरु निदाइरहेका बेला करिब पौने ११ बजेको समयमा आगो लागेको थियो । आगलागीको सूचना पाउनेवित्तिकै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । तर, दमकल पुग्नेबेलासम्म भने पुरै परिवारको मृत्यु भइसकेको थियो ।

आगलागीबाट दुई तले घर पनि ध्वस्त भएको छ । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु