गृहपृष्ठ लगातार ६ दिन नाचेर विश्व रेकर्ड कायम गर्दै

लगातार ६ दिन नाचेर विश्व रेकर्ड कायम गर्दै

तीन दिन नाचिसक्दा यस्ती देखिइन् बन्दना

bandana-nepal1-newskarobar

किशोरी बन्दना नेपाल ८५ घण्टाभन्दा बढी समयदेखि लगातार नाचिरहेकी छन् । निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गर्ने उद्देश्यले उनी यति लामो समयदेखि नाचिरहेकी हुन् ।

धनकुटा घर भई काठमाडौं बस्दै आएकी बन्दनाको लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कडमा आफ्नो रेकर्ड राख्ने लक्ष्य छ । बन्दना तीन दिन यता लगातार नाचिरेहकी छन् ।

उनले अहिलेसम्म ८५ घण्टा बढी नाचिसकेकी छन् । काठमाडौंको बत्तिसपुतलीस्थित बिग फुडल्यान्डमा मंसिर ७ गते बिहान ९ बजेदेखि बन्दनाको नृत्य सुरु भएको हो । उनले रेकर्ड कायम राख्न मंगलबार विहानसम्म नाच्नुपर्ने हुन्छ । तर बन्दनाले भने मंगलबार अपराह्न ४ बजेसम्म नाच्ने लक्ष्य लिएकी छिन् ।

गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । बन्दना त्यो ‘रेकड ब्रेक’ गर्दै आफ्नो नाममा दर्ता गराउन नाचिरहेकी हुन् ।

‘भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने छिन्, उनको आत्मविश्वासका कारण यो सम्भव छ,’ गिनिज बुकमा नाम दर्ताको लागि सबै प्रक्रिया गरिरहेको संस्था बन्दना नेपाल फाउन्डेसनका सह–संयोजक सन्तोष लामा भन्छन्, ‘अब दुई दिन पछि सबैभन्दा लामो समय नाच्ने व्यक्ति उनी नै हुनेछिन् ।’

bandana-nepal-newskarobar

चिकित्सकका अनुसार लगातार ४८ घण्टा अनिँदो बस्नेलाई हृदयघात भई मृत्यू हुनेसम्मका जोखिम हुन्छन् । तर बन्दनाले ८५ घण्टा भन्दा बढी नाचिसक्दा समेत कुनै समस्या नभएको चिकित्सकले बताएका छन् ।

४–४ घण्टामा ५ मिनेट मात्रै आराम गर्न पाउने पहिले नियम रहे पनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने समय व्यवस्थापक हरि लामा बताउँछन् । नेपाली भेषमा नृत्य गरिरहेकी बन्दनाले लोप हुँदै गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्दै आएकी छिन् । उनको साहसले नेपालललाई संसारमा चिनाउने कार्यक्रम संयोजक तथा समय व्याबस्थापक लामा बताउँछन् ।

‘नेपाली कला संस्कृति विश्वसामु चिनाउन नेपालकी किशोरीले १२६ घन्टा लगातार नृत्य गर्नु चुनौतीपूर्ण काम हो । उनको शाहस र गिनिजबुक अफ वर्डमा नाम लेखाउने प्रयास तथा मेहनत सानो होइन,’ लामाले भने, ‘उनले गिनिज बुकमा नाम खेलाएपछि नेपालकै नाम, नेपाली कला संस्कृती विश्वमाझ फैलनेछ ।’ लगातार ३ दिन नाचीसकेकी उनले अझ २ दिन नाच्ने लक्ष्य लिएकी छिन् ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु