गृहपृष्ठ निर्मलाका बुवा यज्ञराज पन्तलाई ‘मेनिया’ देखियो

निर्मलाका बुवा यज्ञराज पन्तलाई ‘मेनिया’ देखियो

डाक्टर भन्छन्- तनाब मुख्य कारण

yagyaraj-panta-newskarobar

धनगढीदेखि काठमाडौं उपचार गर्न ल्याइएका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई ‘मेनिया’ नामक मानसिक रोग देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको रिर्पाेट अनुसार यज्ञराजलाई ‘मेनिया’ भएको अस्पतालका डा. तीर्थमान श्रेष्ठले बताए ।

मनोविश्लेषकहरुका अनुसार मेनिया डिप्रेसनको उल्टो खालको रोग हो । यस्ता बिरामीहरु म ठूलो मान्छे हूँ, म प्रसिद्व व्यक्ति हूँ भनेर हिड्छन् । उनीहरुमा घमण्ड गर्ने बानी हुन्छ । उनीहरुले भनेको नमान्दा पिट्नेसमेत गर्छन् ।

श्रेष्ठको अनुसार पन्तको उपचार भइरहेको छ । सबै रिपोर्टहरु आएपछि विस्तृतमा थाहा हुनेछ । ‘सिटीस्क्यान गर्दा मष्तिष्कमा कुनै समस्या देखिएको छैन, तर लक्षणहरुले मोनिया भएको देखाएको छ,’ डा. श्रेष्ठले भने, ‘खुट्टा मर्किएको र छातीमा समस्या पनि देखिएको छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटनाका दोषी पत्ता नलाग्नुले पीडित परिवार न्यायविहीन राज्यको आभास गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि कात्तिक २५ गते आइतबारदेखि धर्नामा बसेका पन्तले गत हप्तादेखि केही अस्वाभाविक व्यवहार देखाउन थाले । छोरीको हत्यारा पत्ता लागोस् भनेर न्यायको आवाज निकालिरहेका यज्ञराजलाई तनाब झन बढ्यो । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनमा तनावकै कारण मानसिक समस्या देखिएको हो ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु