गृहपृष्ठ बहुविवाह गर्ने दुई जना कारागार चलान
बहुविवाह गर्ने दुई जना कारागार चलान
प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।
बहुविवाहको मुद्दामा दोषी ठहरिएका बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक-एक वर्ष कैद र पाँच-पाँच हजार रूपैयाँ जरिवाना तोकेको थियो ।
उनीहरुलाई सोमबार कारागार चलान गरिएको हो ।
प्रकाशित समय १०:४३ बजे

















