गृहपृष्ठ मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ ।

सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । ‘सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ’ स्कटले सान डेगो सेक्टर वोर्डरमा सिएनएनसँग भने ।

पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेका छन् । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्बन्धी विवाद हुँदै आएको छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु