गृहपृष्ठ आईजीपी खनालको दर्खास्त किर्ते गर्ने वाईसीएल नेता फक्राउ

आईजीपी खनालको दर्खास्त किर्ते गर्ने वाईसीएल नेता फक्राउ

pakrau-arrest-newskarobar

जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वाईसीएलका पूर्व केन्द्रीय सदस्य सन्तोष कुमार पाण्डेय पक्राउ परेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दस्तखत किर्ते गरेर राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोप छ ।

वीरगञ्ज बस्दै आएका पाण्डेयले ७ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु