गृहपृष्ठ वन्दनाको विश्व किर्तीमान
वन्दनाको विश्व किर्तीमान
धनकुटाकी वन्दना नेपालले निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले लगातार ६ दिन अर्थात १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखाएकी हुन् ।
आधिकारिक प्रमाणपत्र भने आउन बाँकी रहेको गिनिजबुकमा नाम लेखाउने अभियानका आयोजक बन्दना फाउण्डेसनले जनाएको छ । यसअघि १ सय २४ घण्टा लगातार नाचेर विश्व रेकर्ड राखेकी भारत केरलाकी कलामण्डलम हेमालथाको रेकर्ड बन्धनाले ब्रेक गरेकी हुन् ।
भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाएको बन्धना नेपाल फाउन्डेसनले जनाएको छ । गिनिज बुकमा नाम लेखाउने उदेश्यले उनले मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौंको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा नृत्य गर्न सूरु गरेकी थिइन् । बुधबार अपराहन्न ४ बजेसम्म उनले निरन्तर नाचेकी हुन् ।
प्रकाशित समय १९:२० बजे

















