गृहपृष्ठ अफगानिस्तानमा २६ तालिबान लडाकू मारिए
अफगानिस्तानमा २६ तालिबान लडाकू मारिए
अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी तालिबान लडाकू मारिएका छन् ।
तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अन्य २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् । सेनाले तालिबान लडाकूहरु सो स्थानमा रहेको थाहा पाएरै आक्रमण गरेको जनाएको छ । अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट भएका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
प्रकाशित समय ०७:५५ बजे

















