गृहपृष्ठ राष्ट्रपति भण्डारी र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

vet-newskarobar तस्बिर : रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा नेपालको तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता थियो भने कम्बोडियाका उच्च सरकारी अधिकारीको सहभागीता थियो ।

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुगेका हुन् । सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।
रासस

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु