गृहपृष्ठ बार्सिलोना फेरि शीर्ष स्थानमा
बार्सिलोना फेरि शीर्ष स्थानमा
स्पेनिस लिग ला लिगामा भिल्लारियललाई २–० गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा जीत निकाल्दै बार्सिलोला लिग लिडर बनेको हो । डिपोर्टिभो एलभेसले शीर्ष स्थानको सेभियालाई बराबरीमा रोक्दा बार्सिलोनालाई फाइदा मिलेको हो । सेभिया बराबरीमा रोकिएपछि बार्सिलोनाले एक अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको ३६औं मिनेटमा डेम्बेलेको क्रसलाई जेरार्ड पिकेले हेडमार्फत् गोल गर्दे अग्रता दिलाए । ८७औं कार्लेस एलेनाले सुन्दर गोल गरेका थिए । उनले गोलकिपरलाई वान भर्सेस वानको स्थितिमा विट गर्दै गोल गरेका थिए । लिगमा बार्सिलोनाले २८ अंक जोडेको छ भने सेभियाको २७ अंक छ ।
एट्लेटिको मड्रिड र गिरोनाबीच गए रातिको खेल पनि एक–एक गोलको बराबरीमा सकिएको छ ।
प्रकाशित समय १०:५८ बजे

















