गृहपृष्ठ विपद व्यवस्थापनका लागि सूचना र प्रविधिमा आधारित पूर्व तयारी : प्रधानमन्त्री ओली
विपद व्यवस्थापनका लागि सूचना र प्रविधिमा आधारित पूर्व तयारी : प्रधानमन्त्री ओली
फाइल तस्बिर
सरकारले सूचना, प्रविधि र विज्ञानमा आधारित भएर विपद व्यवस्थापनको पूर्व तयारी गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । विपद व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकमा सोमबार प्रधानमन्त्री ओलीले नीति नै बनाएर विपद व्यवस्थापनको पूर्व तयारी भइरहेको बताएका हुन् ।
भूकम्पले क्षति पुयाएका संरचनाहरुको पुनःस्थापना र पुनर्निर्माणको काम भने जारी रहेको उनले बताए । ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समूदायले गरेको सहयोगको खुलेर प्रशंशा पनि गरे ।
एशीया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धी २६ मुलुकका प्रतिनिधि सहभागी बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने बताइएको छ ।
प्रकाशित समय १५:०७ बजे

















