गृहपृष्ठ काठमाडौंको रातोपुलमा गोली चल्यो
काठमाडौंको रातोपुलमा गोली चल्यो
काठमाडौंको रातोपुलमा गोली चलेको छ । गुण्डा नाइके राजन लिम्बुलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएकाे छ ।
प्रहरीका अनुसार गोली लागेका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार लिम्बु लुटपाट र डकैतीका घटनामा संलग्न रहेका थिए ।
प्रकाशित समय १४:१२ बजे

















