गृहपृष्ठ विवाहपञ्चमी महोत्सव सुरू : यसरी गरियो जनकपुर नगरदर्शन

विवाहपञ्चमी महोत्सव सुरू : यसरी गरियो जनकपुर नगरदर्शन

राम-लक्षमणलार्इ जनकपुरका बारेमा वर्णन गरेर महोत्सवको शुभारम्भ

जनकपुरमा शुक्रबार हर्षउल्लास सहित जनकपुर नगर दर्शन गर्दै विवाहपञ्चमी महोत्सवको शुभारम्भ गरिएको छ । प्रदेश-२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यतामा जानकी मन्दिरको प्राङ्गणमा जनकपुर नगरदर्शन कार्यक्रम सम्पन्न गरिएको हो ।

शुक्रबार बेलुका मर्यादा पुरुषोत्तम राम-लक्ष्मण (सांकेतिक रूपमा राम-लक्षमण बनेर सजिएका) दुलाहलार्इ जनकपुर नगरको बारेमा जानकारी दिइएको छ । जानकी मन्दिरको      प्राङ्गणमा जनकपुर (मिथिला)को विशेषता झल्किने स्टलहरु राखेर प्रदर्शन गरिएको थियो । त्यस अबसरमा राम-लक्ष्मणको रूपमा सजिएका दुलाहलार्इ सांकेतिक रूपमा जनकपुर नगरको बारेमा जानकारी गराइएको थियो ।

ram-janaki-newskarobar

जनकपुर नगरदर्शनको क्रममा मिथिलाको प्रसिद्ध मानिने पान, मखानको पसल, मिथिला आर्ट, लहठी चुराको स्टल, मिथिला पसलको साथै भाडाबर्तनलगायतको स्टल राख्दै मिथिलाको पहिचान झल्किने वस्तुहरुको वारेमा अयोध्यावासीलाई जानकारी दिइएको राम-जानकी विवाहपञ्चमी महोत्सव मूल समितका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

जनकपुर नगरदर्शनको क्रममा मिथिलामा आगन्तुक पाहुनालाई गरिने आदार भावनाका साथ संगीतमय तरिकाले मिथिलाको पहिचान र संस्कृतिबारे अवगत गराइएको छ । जनकपुर नगरदर्शन कार्यक्रमसँगै राम-जानकी विवाह पञ्चमी महोत्सवको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

जनकपुर नगरदर्शन कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलगायत विशिष्ट अतिथी तथा साधुसन्तहरुको सहभागिता थियो । राम-जानकी विवाह महोत्सवअन्तर्गत शनिबार फुलबारी लिला कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

विवाह पञ्चमीमा आउनेलार्इ शौचालय अभाव, बढी भीडभाड हुने ठाउँमा जनकपुरधाम उपमहानगरले पर्याप्त शाैचालय बनाएन

जन्तीको स्वागतमा मात्र ८ लाखको फूल, विवाहपञ्चमीमा यसरी सजाइँदै छ जनकपुर

राम-जानकी विवाह महोत्सव आजबाट सुरू, महोत्सवमा भारतीय कलाकार पनि सहभागी हुने

मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा, सफाई अभियानमा सेना, सशस्त्र, जनपथ र विद्यार्थीहरुको सहयोग

जनकपुरधाममा विवाहपञ्चमीको रौनक बढ्यो

विवाह पञ्चमीको तयारी : नेपाली सेनाको नेतृत्वमा बृहत सरसफाइ, महोत्सवमा व्याण्ड बाजा र पुष्प वृष्टि नेपाली सेनाले गर्ने

जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख, विकासको सुरूवात जानकी मन्दिरबाट भयो : मुख्यमन्त्री

राम-जानकी विवाह महोत्सको तयारी तीव्र, जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै

रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो

विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु