गृहपृष्ठ सीता विना रामको कल्पना गर्न सकिँदैन : योगी आदित्यनाथ
सीता विना रामको कल्पना गर्न सकिँदैन : योगी आदित्यनाथ
विवाह पञ्चमी त्रेता युगदेखिको सम्बन्धको उदाहरण
भारतस्थित उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर ज्ञानभूमी, तपोभूमी तथा ऐतिहासिक पर्यटकीय नगरी भएको बताएका छन् । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन बुधबार जनकपुरधाम आएका योगीले यस्तो बताएका हुन् ।
‘जनकपुर ज्ञानभूमी, तपोभूमी तथा ऐतिहासिक स्थल हो,’ रंगभूमी बाह्र बिघा मैदानमा बुधबार भएको कार्यक्रममा आदित्यनाथले भने, ‘यसको प्रवर्द्धनका लागि विकास आवश्यक छ, राम राज्य स्थापनाका लागि जनकपुरको विकास आवश्यक छ ।’
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन पाएकोमा आफूले गौरवान्वित महसुस गरेको बताएका मुख्यमन्त्री योगीले माता जानकी विना भगवान रामको कल्पना गर्न नसकिँने बताए । सीता-राम विवाह पञ्चमी महोत्सव जनकपुर र अयोध्याबीच त्रेतायुगदेखिको सम्बन्धको परिचायक भएको उल्लेख गर्दै उनले यो पौराणिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ पार्नुपर्ने बताए ।
यो सम्बन्ध बलियो बनाउन विकास अवश्यक रहेको उल्लेख गर्दै योगीले त्यसका लागि अयोध्या-जनकपुर चार लेनको बाटो बनाउने कार्य अघि बढीसकेको जानकारी दिए । त्यस्तै जनकपुर-लखनउ, जनकपुर-दिल्ली सम्म पनि सडक मार्ग जोड्नु अवश्यक रहेको उनको भनार्इ थियो ।

मन्तव्यका क्रममा बीचमा नेपालीमा बोलेका उनले हिन्दूहरूका लागि जनकपुर र अयोध्या विशेष र महत्वपूर्ण रहेको उल्लेख गरे । विवाह पञ्चमी समारोहमा सहभागी हुन बुधबार जनकपुर आएका योगी बुधबार साँझ फर्कनेछन् ।
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु यादवले विवाह पञ्चमी समारोहका मुख्यमन्त्री योगी आउँदा आफूलार्इ खुसी लागेको बताए ।
योगीको भव्य स्वागत
महोत्सवमा सहभागी हुन आएका मुख्यमन्त्री आदित्यनाथलार्इ प्रदेश सरकारले भव्य स्वागत गरेको छ । भारतीय विमानस्थलबाट जनकपुर एयरपोर्टमा उत्रेका योगीलार्इ संस्कृती पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए ।
मुख्यमन्त्री योगीले जानकी मन्दिर पुगेर पुजापाठ गरे । त्यसपछि योगि प्रदेश सरकारले मधेश भवनमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए । मुख्यमन्त्री योगिलार्इ मधेस भवनमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए । योगिको स्वागतका लागि १०८ कन्याले फुलवर्षा गरेका छन ।
त्यस्तै बाह्र विघामा मूल समारोह समितिका अध्यक्ष रामरोशन दासले स्वागत गरे । हेलिकप्टरले फुल वर्षा गराउदैछ । मुख्यमन्त्री योगी सहितका अतिथिलाई स्वागत गरिएको थियो ।
प्रकाशित समय १६:४७ बजे

















