गृहपृष्ठ भन्सार छलेर ल्याएको ‘अवैध’ सामान बरामद

भन्सार छलेर ल्याएको ‘अवैध’ सामान बरामद

झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले शनिबार १ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो हरियो मटर र  भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयरका सामान, लत्ताकपडा बरामद गरेको थियो ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु