गृहपृष्ठ बैंकिङ्ग कसूरमा एक जना पक्राउ

बैंकिङ्ग कसूरमा एक जना पक्राउ

pakrau-arrest-newskarobar

बैंकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–बैंकिङ, मोबाइल बैंकिङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले बैंकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु