गृहपृष्ठ संसद्को हिउँदे अधिवेशन भोलिबाट, ४ विधेयक दर्ता

संसद्को हिउँदे अधिवेशन भोलिबाट, ४ विधेयक दर्ता

Samsad-Bhawan-newskarobar

संघीय संसदको हिउँदे अधिवेशन भोलि सुरु हुँदै छ । सरकारले चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश, नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र परमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार अपराह्न ४ बजे बस्ने पहिलो बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन बोलावटसम्बन्धी पत्रको व्यहोरा सभामुखले सुनाउनेछन् । बुधबार नै प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने कार्यतालिका छ ।

संसद्मा ११ विधेयक विचाराधीन अवस्थामा छ भने चारवटा नयाँ दर्ता भइसकेको छ । संसद् अधिवेशन सञ्चालनमा आएको पहिलो सातामै थप विधेयक दर्ता गर्ने सरकारको तयारी छ ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु