गृहपृष्ठ गाडिएको अवस्थामा नवजात शिशुको शव फेला
गाडिएको अवस्थामा नवजात शिशुको शव फेला
झापाको बुद्धशान्ति गाउँपालिकामा मंगलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले गाडेको स्थानबाट बच्चालाई निकालेको थियो ।
भर्खर जन्मिएको शिशु घाँटीमा सालनाल र नरिवलको पातको पासो लगाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको कार्कीले बताए । ‘अभियुक्तको खोजी भइरहेको छ,’ उनले भने ।(रासस)
प्रकाशित समय ०८:५४ बजे

















