गृहपृष्ठ वाइडबडी खरिद प्रकरण : ४ अर्ब भ्रष्टाचार, पर्यटनमन्त्री र दुई सचिवलाई कारबाही गर्न सिफारिस

वाइडबडी खरिद प्रकरण : ४ अर्ब भ्रष्टाचार, पर्यटनमन्त्री र दुई सचिवलाई कारबाही गर्न सिफारिस

makalu-widebody-newskarobar

संघीय सांसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दे पर्यटन मन्त्री रविन्द्र अधिकारी, सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई कारबाहीको सिफारिस गरेको छ ।

उपसमितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरी कारबाही प्रक्रिया थाल्न सिफारिस गरेको छ । उपसमितिले जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्वपर्यटन मन्त्री जितेन्द्र नारायण देव पनि दोषी देखिएको भन्दै कारबाहीको सिफरिस गरेको छ । पूर्व पर्यटन सचिव शंकर अधिकारी पनि दोषी रहेको भन्दै कारबाहीको सिफारिस गरिएको छ ।

४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको उपसमितिले निष्कर्ष निकाल्दै भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि निर्देशन दिन पनि सिफारिस गरेको छ । कारबाहकिो सिफारिसमा पर्नेमध्येले के कति रकम हिनामिना गरे भन्नेबारे भने खुलाइएको छैन । पैसाकै अनियमितताबारे नखुले पनि उनिहरुले जथाभावी निर्णय गरेको भन्ने उल्लेख छ । उपसमितिको प्रतिवेदन बुधबार बस्ने लेखा समितिको पूर्ण बैठकमा पेश गर्ने कार्यतालिका छ ।

समितिले उपसमितिको अध्ययन प्रतिवेदन हुबहु पारित गरे यो अनियमितता प्रकरण अहिलेसम्मकै ठूलो हुनेछ । वायुसेवा निगमले करिब २५ अर्ब रुपैयाँमा दुई एयरबस वाइडबडी विमान खरिद गरेको थियो ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु