गृहपृष्ठ चार दिनदेखि किशोरी बेपत्ता
चार दिनदेखि किशोरी बेपत्ता
घोराही उपमहानगरपालिकाको विकट वडा नम्बर १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् ।
घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार गएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारले जनाएको छ । बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गरेका छन् ।
यस्तै तुसीपुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी दिएकी छन् ।(रासस)
प्रकाशित समय ११:१५ बजे

















