गृहपृष्ठ टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी शपथ लिन जेलबाट सिधै संसद् सचिवालय सिंहदरबारमा
टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी शपथ लिन जेलबाट सिधै संसद् सचिवालय सिंहदरबारमा
कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभाको सपथ लिने भएका छन् ।
संसदका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार चौधरीको सपथ अब केही बेरमा सिंहदरबारस्थित संसद् सचिवालयमा हुनेछ । सभामुख कृष्णबहादुर महरासँग चौधरीले पद तथा गोपनीयताको सपथ लिनेछन् । चाैधरीलाइ जेलबाट सिंहदरबार पुर्याइएकाे छ ।
सरकारलाई समर्थन गरेको राजपा नेपालले चौधरीलाई सपथ ग्रहण नगराए समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
निर्वाचनका समयमा भारतमा भूमिगत रहेका चौधरी विजयी भएपछि आफ्नो मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालत पुगेको बेला पक्राउ परेका थिए । कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथपछि उनलाई सांसद भवन लैजाने वा फेरि जेलमै लैजानेबारे भने खुलाइएको छैन । टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको हत्या भएको थियो ।
प्रकाशित समय ११:२६ बजे
















