गृहपृष्ठ लागु औषध ब्राउन सुगरसहित दम्पती पक्राउ
लागु औषध ब्राउन सुगरसहित दम्पती पक्राउ
लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४.७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ ।(रासस)
प्रकाशित समय ०७:१८ बजे

















