गृहपृष्ठ न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिएँ : प्रधानन्यायाधीश राणा

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिएँ : प्रधानन्यायाधीश राणा

Cholendra-Shumsher-newskarobar प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा (फाइल तस्बिर)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।

नेपाल बार एसोसिएशनका पदाधिकारीसहितको समूहसँग शुक्रबार भएको भेटमा राणले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताएका हुन् । प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पारे ।

न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमामा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गरेका थिए ।(रासस)

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु