गृहपृष्ठ पर्शुराम मिश्र हत्या आरोपमा एक व्यक्ति पक्राउ

पर्शुराम मिश्र हत्या आरोपमा एक व्यक्ति पक्राउ

pakrau-arrest-newskarobar

सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय पर्शुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता अगाडि कुटपिटबाट मृत्यु भएको थियो । सो घटनाका सम्बन्धमा फरार रहेका प्रतिवादी मुखियालाई खोजतलासका क्रममा सखडाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । (रासस)

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु