गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

nicasia-bank@jhapa-newskarobar

एनआईसी एशिया बैंकले झापाको फाल्गुनन्द चोकमा नयाँ शाखा खोलेको छ । दमक नगरपालिका–१ मा स्थापित फाल्गुनन्द चोक शाखाको एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरे ।

कार्यक्रममा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले सरकार र राष्ट्र बैंकको वित्तिय सबलीकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए । देशभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाई रहेको बैंकमा ग्राहक करिब १४ लाख छन् ।

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु