गृहपृष्ठ पाँच लाखको खालसहित १५ जुवाडे पक्राउ

पाँच लाखको खालसहित १५ जुवाडे पक्राउ

juwa-newskarobar सांकेतिक तस्बिर

काठमाडौं महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले पाँच लाख ३५ हजार ८४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा ६ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु