गृहपृष्ठ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका २५ प्राध्यापक बर्खास्त, २० लाई नसियत

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका २५ प्राध्यापक बर्खास्त, २० लाई नसियत

T.U news karobar

त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापक बर्खास्तगीमा परेका छन् ।

निजी क्याम्पसमा बढी समय दिएर लगातार ९० दिनसम्म त्रिविका आंगिक क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । एक वर्षको अवधिमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट त्रिविले हटाएको हो । जसमा २५ शिक्षक र १५ कर्मचारी छन् ।

बर्खास्त हुनेमा शिक्षकअन्तर्गत उपप्राध्यापक, सहप्राध्याक र प्राध्यापक छन् । लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । सोही प्रावधानका आधारमा उनिहरुलाई बर्खास्त गरिएको हो ।

यस्तै, पूर्वस्वीकृत नलिई काम गर्ने २० जना शिक्षकलाई सचेत गराइएको छ । उनीहरूलाई नसियतस्वरूप लिखित रूपमै सचेत गराइएको त्रिविले जनाएको छ ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु