गृहपृष्ठ खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् ।

बिहीवार साँझ विराटनगरबाट काठमाडौं आउने क्रममा नेता विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद गरिएको प्रहरीले जनाएको छ । झोला जाँच गर्ने क्रममा गोली भेटिएपछि विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं आउने तयारमिा थिए । पक्राउ परेका विश्वर्मालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु