गृहपृष्ठ राजमार्ग बनाउन श्रीलंकाले चीनसँग माग्यो एक अर्ब डलर ऋण

राजमार्ग बनाउन श्रीलंकाले चीनसँग माग्यो एक अर्ब डलर ऋण

sri lanaka-china-newskarobar

राजमार्ग बनाउन श्रीलंकाले चीनसँग एक अर्ब डलर ऋण मागेको छ । राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग बनाउन श्रीलंकाले चीनसँग ऋण सहयोगका लागि आग्रह गरेको हो ।

श्रीलंकासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका प्रवक्ता एम. आर. हसनले राजमार्ग निर्माणसम्बन्धी ऋणका सर्तहरु स्वीकृत हुने अपेक्षा गरेको बताए ।

पछिल्ला वर्षहरूमा श्रीलंकाले चीनबाट ठूलो मात्रामा ऋण लिँदै आएको छ । ऋणको मात्रा बढ्दै गएपछि विपक्षी महिन्दा राजापाक्षले राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले मुलुकलाई चिनियाँ ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु