गृहपृष्ठ डा. केसीको विपक्षमा रहेका थापाले पनि तोडे अनसन

डा. केसीको विपक्षमा रहेका थापाले पनि तोडे अनसन

bijaya_thapa

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन सुरू गरेलगत्तै उनका मागविपरित माग राख्दै अनसन बसेका युवा विजय थापाले पनि अनसन तोडेका छन् । डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सुधारको माग गर्दै अनसन सुरू गरेपछि थापाले भने उक्त विधेयक हुबहू पारित गर्नुपर्ने माग राखी अनसन सुरू गरेका थिए ।

शनिबार बिहान थापाले २३ औं दिनपछि अकिया नगरकोटी र बेचेन यादबका हातबाट जुस पिएर अनसन तोडेका हुन् । डा. केसीसँग सरकारले गरेका सम्झौता खारेज गर्नुपर्ने, विधेयक हुबहू पारित हुनुपर्ने लगायतका माग राखी अनसन बसेका थिए । यद्यपी थापा अनसन बसिरहँदा उनी विवादास्पद व्यक्ति भएको समाचार सार्वजनिक भएको थियो ।

डा. केसीले अनसन तोडेको एक दिनपछि थापाले पनि अनसन तोडेका हुन् । अर्कातर्फ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ । पारित गर्ने प्रक्रियामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु