गृहपृष्ठ मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु
मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु
सांकेतिक तस्बिर ।
चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६:१५ बजे एक वृद्धाको मृत्यु भएको छ । चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा. ३ ख २५६५ नम्बरको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४, डुडुवा चोककी करिब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । (रासस)
प्रकाशित समय ०९:१६ बजे

















