गृहपृष्ठ इरानद्वारा १३ सय ५० किमी दूरीको क्षेप्यास्त्र परीक्षण

इरानद्वारा १३ सय ५० किमी दूरीको क्षेप्यास्त्र परीक्षण

iran-missile-newskarobar

इरानले लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण भएको जनाएको छ । एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको सफल परीक्षण भएको इरानले बताएको हो । क्षेप्यास्त्रको नाम पनि खुलाइएको छैन ।

इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका बेला नयाँ मिसाइलको परीक्षण गरेको हो । ‘होभेइजेहबाट गरिएको क्षेप्यास्त्र एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएको छ,’ इरानी रक्षामन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ, ‘इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समयमात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमताको छ ।’

लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने इरानले जनाएको छ । इरानको पछिल्लो क्षेप्यास्त्र परीक्षण अमेरिकालगायतका ठूला शक्तिराष्ट्रका लागि चेतावनीको रूपमा पनि हेरिएको छ । तर, अहिलेसम्म कुनै पनि राष्ट्रले यसविरूद्ध टिप्पणी गरेका छैनन् ।

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु