गृहपृष्ठ राष्ट्रिय मानव अधिकार आयोगद्वारा विज्ञ समूह गठन
राष्ट्रिय मानव अधिकार आयोगद्वारा विज्ञ समूह गठन
राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा. गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ ।
आयोगले आइतबार ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकारको संरक्षण गर्ने उद्देश्यले दासको अध्यक्षतामा प्रा.डा. ध्रुवराज अधिकारी, डा. दिनेश सापकोटा, डा. रमेश कँडेल, डा. रचना शर्मा, डा. लोचना श्रेष्ठ र डा. नरेन्द्रसिंह ठगुन्ना रहेको जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो । आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राखी देशभरका वृद्धाश्रम तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्रको अनुगमन गरी प्रतिवेदनसमेत प्रकाशित गरिसकेको छ ।
उक्त अनुगमन र छलफलका क्रममा ज्येष्ठ नागरिकलाई लाग्ने बुढ्यौली रोगका बारेमा आयोगले प्राथमिकताका साथ कार्य गर्नुपर्ने भनी विशेषज्ञ चिकित्सक तथा सहभागीबाट प्राप्त सुझावसमेतलाई दृष्टिगत गरी जेरियाट्रिक विज्ञ समूह गठन गरिएको आयोगका निमित्त सचिव डा. टीकाराम पोखरेलले जानकारी दिए । विज्ञ समूहबाट आयोगलाई उचित परामर्श प्राप्त भई ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकार संरक्षणमा सहयोग पुग्ने आयोगले अपेक्षा गरेको छ ।
प्रकाशित समय २१:१३ बजे

















