गृहपृष्ठ पर्साबाट ३१ लाखको अवैध कपडासहित तीन जना पक्राउ
पर्साबाट ३१ लाखको अवैध कपडासहित तीन जना पक्राउ
प्रहरीले अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ३१ लाख रूपैयाँ बराबरको कपडासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरूबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको धान समेत बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय पर्सा ठोरीको प्रहरीले टोलीले आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीहरूलाई ठोरी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउन पर्नेमा चितवनस्थित माडी नगरपालिका-२ का ऋषि सुवेदी, प्रकाश दराई तथा सुजन दराई छन् । उनीहरूबाट एउटा ट्रक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:३३ बजे

















