गृहपृष्ठ रानीपोखरी अब पुनर्निर्माण प्राधिकरणले बनाउने
रानीपोखरी अब पुनर्निर्माण प्राधिकरणले बनाउने
भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरी अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउने भएको छ । मन्त्रिपरिषद्ले रानीपोखरीको पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दिएको हो ।
मन्त्रिपरिषदको यो निर्णयसँगै रानीपोखरीका सम्पूर्ण संरचनाको जिम्मा प्राधिकरले गर्ने भएको छ । यसअघि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा पाए पनि एकपछि अर्को विवाद उत्पन्न भएका थिए ।
जसका कारण महानगरले तीन पटकसम्म टेन्डर आह्वान गरे पनि उक्त प्रयास सफल हुन सकेको थिएन ।
प्रकाशित समय ११:१९ बजे

















