गृहपृष्ठ बाजुरामा हिमपात, जनजीवन कष्टकर

बाजुरामा हिमपात, जनजीवन कष्टकर

mugu_himpat-newskarobar5 सांकेतिक तस्बिर

एकसाता अघिदेखि हिमपात रोकिएर बाजुरामा घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ ।

हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए ।

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ ।(रासस)

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु