गृहपृष्ठ जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

janaki-mandir-newskarobar

जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।

पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए ।

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले उल्लेख गरे ।

उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए ।(रासस)

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु