गृहपृष्ठ मानव तस्करी गरी अलपत्र पारिएको आशंकामा भारतबाट १७९ जना नेपालीको उद्धार

मानव तस्करी गरी अलपत्र पारिएको आशंकामा भारतबाट १७९ जना नेपालीको उद्धार

मानव तस्करी गरी अलपत्र पारिएको आशंकामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ ।

विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मणिपुरको इम्फाल पुर्‍याइएका ३२ पुरुष र १४७ महिलालाई उद्धार गरिएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर ९सहचारी० प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले बिहीबार जनाएको छ । उद्धार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मणिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना संकलन गरिने जानकारी दिए ।(रासस)

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु