गृहपृष्ठ याे हिउँदमा औषतभन्दा बढी वर्षा, उच्च पहाडी क्षेत्रमा भारी हिमपात

याे हिउँदमा औषतभन्दा बढी वर्षा, उच्च पहाडी क्षेत्रमा भारी हिमपात

भोलीदेखि मौसममा सुधार आउने प्रक्षेपण

raining-newskarobar

आज पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । पश्चिमी वायुका कारण अधिकांश स्थानमा अघिल्ला वर्षमा भन्दा बढी वर्षा भएको हो । यो हिउँदमा औषतभन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबारदेखि पानी पर्ने क्रम रोकिएको छैन । शुक्रबार राति पनि पाहाडी भेगमा मेघ गर्जनसहित वर्षा भएको छ । पहाडी क्षेत्रका नदी तथा खोलाहरुमा पानीको आकस्मिक बहाव प्रवाह भएको छ । ठूलो वर्षा भएकाले पहिरोको जोखिमसमेत उच्च छ । मौसममा बुधबारदेखि नै बदली भएको थियो ।

मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार नै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो र पहिरो जानसक्ने भन्दै सचेत सर्तक तुल्याएको थियो । वर्षाले अन्नबालीलाई असर पुर्याएको छ भने लगातारको वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।

उच्च भूभागमा वर्षासँगै हिमपात
मुलुकका विभिन्न स्थानमा भारी हिमपात जारी छ । पश्चिमवायुले ल्याएको न्यूनचापीय प्रणालीको असरले वर्षासँगै हिमाली र उच्च पाहडी भेगमा वर्षासँगै हिमपात जारी छ । जुम्ला हुम्ला र मनाङमा हिजो विहानैदेखि भारी हिमपात भइरहेको छ भने पाँचथर, ताप्लेजुङ, सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश हिमाली जिल्लामा हिमपात भइरहेको छ । उच्च भूभागमा वर्षासँगै भारी हिमपातले जनजीवन कष्टकर बनेको छ ।

humla_himpat-newskarobar1
हुम्लामा हिउँले ढपक्कै ढाकेको सिमकोट बजार ।

ओलाङ्चुङगोला, याङ्ला गुम्चालगायतका बस्तीमा हिउँ थुप्रिएको बताइएको छ । लगातारको हिमपातले अन्नबाली, तरकारी र गाईबस्तुका गोठ नै पुरिएका छन् । हिमपातसँगै तीब्र हावाहुरी पनि चलेको छ ।

चिसो बढेसँगै काडमाडौं उपत्यका नजिकका डाँडाकाडा हिउँले ढाकिएका छन्, चन्द्रगिरी, फुल्चोकीलगायतका स्थानमा फेरि हिमपात भएको छ । यसअघि पुस २३ गते पनि चन्द्रगिरी र फुल्चोकीमा हिमपात भएको थियो ।

अत्यावश्यक सेवा अवरुद्ध
हावाहुरी, वर्षा र हिमपातका कारण देशका अधिकांश स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीले सोलुखुम्बुलगायत पाहाडी क्षेत्रका केही टावरमा क्षति पुगेको हाम्रा संवाददाताहरुले जनाएका छन् । हावाहुरीका कारण नेटवर्क आउने जाने गरेको छ । वर्षाले पाहाडी भेगमा केही स्थानमा विद्युत सेवासमेत अवरुद्ध भएको छ । काठमाडौंमा समेत हावाहुरीका कारण विद्युत आउने जाने गरेको छ ।

भोली दिउँसोदेखि सुधार आउने अनुमान
भोलीबाट देशैभर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । आज काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा वर्षा हुने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि न्यूनचापीय प्रभाव पूर्वमा सर्दै गएकाले आइतबार दिउँसोदेखि मौसम सफा हुने विभागको प्रक्षेपण छ ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु