गृहपृष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

bharatmohan-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी ४ दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन् । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई माघ २५ गते ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

अधिकारीको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टर भगवान कोइरालाले जानकारी दिए । ‘उहाँ (पूर्वउपप्रम अधिकारी) को स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ’, कोइरालाले भने । अधिकारीको उपचारमा डा कोइरालासहित डा अर्जुन कार्की, डा राजु पंगेनी, डा मनबहादुर केसीलगायत संलग्न छन् । अधिकारीकी धर्मपत्नी सविता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महिना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापरबाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः ह्याम्स अस्पताल भर्ना गरिएको उनले बताइन् । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु